गोरखा, ८ मङ्सिर ः प्रदेशसभा गोरखा क्षेत्र नम्बर १ (१) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कृष्ण धिताल बिजयी हुनुभएको छ । आज दिउँसो सम्पन्न भएको मतगणनामा धितालले १५ हजार ४ सय ५६ मत ल्याएर बिजयी हुनुभएको साहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिनुभयो ।
उहाँ बामलोकतान्त्रिक गठबन्धनका तर्फ उमेद्वार बन्नु भएको थियो । धितालका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुरेन्द्र थापाले ९ हजार ८ सय २२ मत प्राप्त गर्नुभएको छ ।
धितालले प्रतिद्धन्द्धी थापाले भन्दा ५ हजार ६ सय ३४ बढी मत प्राप्त गर्नुभएको हो । उहाँ माओवादी केन्द्र गोरखा जिल्लाको इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।