गोरखा,५ मंसिर । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको मतपेटिका हेलिकप्टर मार्फत ढुवानी सुरु गरिएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट मतपेटिका ढुवानी भइरहेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले जानाकारी दिनुभयो । सो क्षेत्रमा रहेको २२ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ढुवानी हुने उहाँले बताउनुभयो ।