Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव : धेरै स्थानमा अझै हिमपातको सम्भावना


4.3K
Shares

पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव : धेरै स्थानमा अझै हिमपातको सम्भावना

गोरखा १९, पुस ।
हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशको मध्य तथा पूर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमी तराईका भूभागमा आंशिक बदली रहनेछ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्नेछ । साथै पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । आज राति देशको मध्य तथा पूर्वी क्षेत्र लगायत पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको संभावना रहेको छ । मौसम बदलीसँगै हल्कादेखि मध्यम हिमपातको संभावना रहि चिसो रहने हुनाले सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology