गोरखा,४ मंसिर । गोरखा सदरमुकामको रानीबन क्षेत्रमा प्रेसरकुकर बम फेला परेको छ । गोरखा नगरपालिका–८ को रानीबन क्षेत्रमा रहेको द वल्ड क्यापिटल माविमा रहेको मतदान केन्द्र नजिकै बम फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बम राखिएको कुरा बिहान मात्र थाहा पाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक केदार खनालले जानाकारी दिनुभयो। ‘मतदान सुरु भए पछि मात्र बम भएको बारेमा जानकारी पाएको’ भन्दै प्रमुख खनालले ‘तत्कालै बम डिस्पोजको लागि नेपाली सेनाको टोली परिचालन गरिएको’ बताउनुभयो ।
अहिले बम भएको स्थानमा नेपाली सेनाले घेरा हालेको र डिस्पोजको तयारी भई रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक हिमनिधी ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार केही समय भित्रै बम डिस्पोज हुने बताउनुभयो ।
बम रहेको स्थान मतदान केन्द्रबाट १० मिटर उत्तर पुर्वमा रहेको छ । बम फेला परे लगत्तै केही बेर मतदान रोकिएको भएता पनि अहिले मतदान सुचारु भएको छ ।