Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

काग्रेसको गोप्य सर्कुलर भन्दै एमालेले भ्रम फैलाएपछि प्रेस सेन्टरको गम्भिर ध्यानकर्षण


1.5K
Shares

काग्रेसको गोप्य सर्कुलर भन्दै एमालेले भ्रम फैलाएपछि प्रेस सेन्टरको गम्भिर ध्यानकर्षण

काठमाण्डौं ३ मङ्सिर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको स्थिर समय (मौन अवधी) चलिरहेको अवधिमा नेकपा (एमाले) को प्रचार विभाग सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत लगायत एमालेसम्बद्ध केही पत्रकारहरुले स्थापित अनलाइन तथा पत्रिकाहरूका समाचारलाई प्रविधिको दुरुपयोग (सोर्स कोड परिवर्तन) गरी सामाजिक सञ्जालमा शेयर गरेर अफवाह फैलाएको घटनाप्रति प्रेस सेन्टर नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पराजित मानसिकताको उपजका रुपमा बस्नेत लगायत उनको संगठनका सदस्यहरुले सेतोपाटी, अनलाइनखबर, रातोपाटी, नयाँ पत्रिका, उज्यालो अनलाइन, लोकपाटी लगायतका स्थापित सञ्चारमाध्यमका समाचारमा सोर्स कोड परिवर्तन गरी हुँदै नभएको विषयलाई शीर्षक र समाचार बनाई स्क्रीनसट गरेर सामाजिक सञ्जालमा पोष्ट गरिरहेको भन्दै आज (शनिबार) एक बिज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएको छ ।

‘सञ्चारमाध्यममा प्रकाशित समाचारलाई इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रम फैलाउनु, सोर्स कोड परिवर्तन गर्नु र त्यसकै स्क्रीनसट गरी सामाजिक सञ्जालमा पोष्ट गर्नु साइबर अपराध हो, प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा (जुगल) द्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित सञ्चारमाध्यमको लोगो र नाम जोडेर बदनाम गर्नु अर्को अपराध हो । यस्तो गलत कार्य पत्रकारिताको मूल्यमान्यता र आचारसंहिताको घोर उलङ्घन पनि हो । त्यसैले यस्तो आपराधिक कार्य गरी पत्रकार र पत्रकारिताको मूल्यमान्यता र मर्यादामाथि आघात पु¥याउने प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेत लगायत यस कार्यमा संलग्न सबै पत्रकारहरुलाई तत्काल नेपाल पत्रकार महासंघको साधारण सदस्यबाट हटाउन र सूचना तथा प्रसारण विभागबाट लिइएको प्रेस प्रतिनिधि प्रमाण पत्र खारेज गर्न सम्बन्धित संस्थासँग जोडदार माग गर्दछु । ’

आम निर्वाचनको समयमा सञ्चारमाध्यम र पत्रकार संवेदनशील भएर मतदातालाई स्वतन्त्र र भयरहित रुपमा मतदान गर्ने वातावरण बनाउनु पर्ने अवस्थामा एउटा पेशागत पत्रकार संगठनको अध्यक्ष भएको व्यक्तिले नै भ्रामक सन्देश फैलाउनु निर्वाचन आचारसंहिताको घोर उलङ्घन भएको भन्दै बिज्ञप्तिमा घटनालाई गम्भीर रुपमा लिई आवश्यक कार्बाहीका लागि कदम चाल्न प्रेस काउन्सिल नेपाल र निर्वाचन आयोग संग माग गरिएको छ। यस्ता गलत कुरामा विश्वास नगर्न सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चारमाध्यमका पाठक, दर्शक, स्रोताहरुलाई संगठनले अनुरोध समेत गरेको छ ।

बिज्ञप्ति हेर्नुहोस !

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology