गोरखा,२ मंसिर । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै आज गोरखा सदरमुकाममा सर्वदलिय एवं सर्वपक्षिय बैठक सम्पन्न भएको छ । बैठकले प्रतिनिधिीसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना कार्य सम्पन्न नहुदासम्म मदिरा बिक्री बितरणमा रोक लगाउने निर्णय गरेको हो ।
विभिन्न १६ निर्णय गरेको बैठकले मतगणना कार्य सम्पन्न नुहदासम्म मदिरा बिक्री बितरणमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताउनुभयो ।
प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश तेजेन्द्रप्रसाद शर्माको अध्यक्षतामा भएको बैठकले निर्वाचनलाई स्वच्छ, निश्पक्ष, तटस्थ एवं भयरहित बातावरणमा सम्पन्न गर्न मौन अवधिको मर्यादालाई सबै राजनितिक दल तथा उम्मेदवारहरुले पालना गर्ने र गराउने निर्णय भएको छ ।
बैठकले मतदानको दिन मतदान केन्द्र वरपर बाहिरका ब्यक्तिहरुलाई प्रवेश नदिने, मतदातालाई भयरहित बातावरण सिर्जना गरेर मतदान गर्न बञ्चित नगर्ने तथा मतदानका दिन सवारी पास लिएका बाहेक अन्य सवारी साधानलाई नियन्त्रणमा लिने र कानूनी कारवाही गर्ने जस्ता निर्णय भएका छन् ।
मंसिर ४ गते मतदान सम्पन्न भए पश्चात मतपेटिकालाई सुरक्षित साथ मतगणना स्थलसम्म ल्याउने तथा मतदान स्थलमा प्राथमिक स्वास्थ्य उपचारको ब्यवस्था मिलाउने एवम नेपाल सरकारको स्वास्थ्य संस्थाबाट भएको उपचार सेवालाई थप प्रभावकारी बनाउने निर्णय भएको छ ।
बैठकमा प्रजिअ आचार्य, गोरखा जिल्ला क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत नारदप्रसाद भट्टराई, नेपाली काँग्रेसका राजनराज पन्त, नेकपा माओवादी केन्द्रका लेखबहादुर थापामगर, नेकपा एमालेकी सम्झना देवकोटा, राप्रपाका भगवानदास मल्ल, नेपाल समाजबादी पार्टीका यानप्रसाद भट्ट, नेकपा एस का यावदबहादुर बस्नेत, जसपाका विरबहादुर गुरुङ, नेकपा एमाले० का नारायणबावु आचार्य, नेमकिपाका प्रलाद लामिछाने, राप्रपा नेपाल का कुलबहादुर बस्नेत र मंगोल नेशनल अर्गनाइजेशनकी विपिका बरामका साथै सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।