Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

दश हजार नक्कली मतपत्रसहित २ जना पक्राउ


1.7K
Shares

दश हजार नक्कली मतपत्रसहित २ जना पक्राउ

वीरगञ्ज,२ मंसिर । १० हजार थान नक्कली मतपत्र र स्वस्तिक छापसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी रहेको प्रहरीले जानकारी दिएको छ ।

उहाँहरुले गएराति बागमती प्रदेश ०१(०२५ च ६६३६ नम्बरको कारमा राखेर १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप र ४८ थान स्ट्याम्प प्याड ओसारिरहेको अवस्थामा पक्राउ गरिएको हो । बाराको कलैयाबाट आइरहेको सो कारलाई वीरगञ्ज बसपार्क इलाकामा चेकजाँच गर्ने क्रममा सो सामग्री फेला परेको थियो । उनीहरुको साथबाट २ लाख ७२ हजार नगद समेत बरामद गरिएको छ ।

बरामद गरिएका नक्कली मतपत्रमध्ये करिब ३०० जति मतपत्रमा साइकल छापमा मत संकेत गरेको पाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्सामा बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology