काठमाडौं, २ मंसिर । गण्डकी प्रदेशका खेलकुद मन्त्री दीपक मनाङे (राजिव गुरुङ)लाई रु. २५ हजार जरिवाना गराउने निर्वाचन आयोगले निर्णय गरेको छ । मन्त्री मानाङेले चुनावमा जाँदा ‘१५ लाखले रक्सी पनि खुवाउन पुग्दैन’ भनेर अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले जरिवाना तिराउने निर्णय गरेको हो ।
उहाँले मनोनयन दर्ताको क्रममा ‘१५ लाखले रक्सी पनि खुवाउन पुग्दैन’ भन्ने अभिव्यक्ति दिनु भएको थियो । सोलगत्तै उहाँलाई आयोगले गत कात्तिक १४ गते स्पष्टीकरणसमेत सोधेको थियो । मन्त्री मनाङे मनाङको प्रदेश सभा ‘ख’बाट निर्विरोध निर्वाचित भइसकेका छन् ।