Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

इरानी वरिष्ठ सैन्य कमाण्डरको हत्या


2.1K
Shares

इरानी वरिष्ठ सैन्य कमाण्डरको हत्या

एजेन्सी, २४ फागुन । इरानको सैन्य बल रिभोलुस्नरी गार्ड कर्प्सका एक वरिष्ठ कमाण्डर सिरियामा मारिएका छन् । इरानको रिभोलुस्नरी गार्ड कर्प्सका वरिष्ठ कमाण्डर फरहाद डाबिरियन शुक्रबार सिरियामा मारिएका हुन् । इरानको फार्स न्युज एजेन्सीले डाबिरियन मारिएको पुष्टि गरेको छ ।
म्ष्कज)ज्यmभ

तर डाबिरियन कसरी मारिए भनेर समाचारमा कुनै विवरण दिइएको छैन । उनलाई ‘सायिदा जैनाब’ नामक धार्मिक स्थलका रक्षक भनेर समाचारमा उल्लेख गरिएको छ । यता बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले राजधानी दमास्कसबाट दक्षिण रहेको सायदा जैनावमा रिभोलुस्नसरी गार्ड कोर्प्सका एक कमाण्डरको हत्या भएको बताएको छ ।

राजधानी दमास्कसबाट दक्षिणमा रहेको सायिदा जैनाबमा मारिएका डाबिरियाले सिरियाली युद्धमा लामो समयदेखि सक्रिय हुँदै आएका थीए । उनले यसअघि मध्य सिरियामा रहेको प्राचीन शहर पाल्मेरामा तैनाथ फौजको नेतृत्व पनि गरेका थिए ।

विगत ९ वर्षदेखि सिरियामा जारी युद्धमा इरानको रिभोलुस्नरी गार्ड कर्प्स र पाकिस्तान, अफगानिस्तान, इराक र लेबनानका शिया लडाकु समूहले राष्ट्रपति बसर अल असदको पक्षमा लड्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology