Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

मापसे गरी विवाद गर्ने मतदान अधिकृत प्रहरीको नियन्त्रणमा


1.3K
Shares

मापसे गरी विवाद गर्ने मतदान अधिकृत प्रहरीको नियन्त्रणमा

काठमाडौं, १ मंसिर । नवलपरासीमा मादक पदार्थ सेवन गरी विवाद गर्ने मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीले एक जना मतदान अधिकृतलाई नियन्‍त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोजराज पाण्‍डेयले जानकारी दिनुभयो।

रामग्राम नगरपालिका—४ जितपुर घर भई पाल्हिनन्दन गाउँपालिकाको पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।उनी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि सुनवल नगरपालिका—११ वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदानस्थलमा मतदान अधिकृतको रूपमा खटिएका थिए।

उनले बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्ने बेलामा मुख्य निर्वाचन अधिकृतसँग अस्वभाविक व्यवहार देखाएर विवाद गरेको डिएसपी पाण्डेयले बताउनुभयो। उनलाई नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षण गराउँदा मापसे गरेको खुलेको हो। उनलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। साथै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उनको सट्टामा वैकल्पिक मतदान अधिकृत नियुक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology