Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बयासी लाख ठगेर फरार ज्वेलर्स सञ्चालक पक्राउ


3.4K
Shares

बयासी लाख ठगेर फरार ज्वेलर्स सञ्चालक पक्राउ

विराटनगर,१ मंसिर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ८२ लाख भन्दा बढी रकम ठगी गरेर फरार भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा बढी ठगी गरेको आरोपमा सुन्दरहरैँचामा रहेको कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

१७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै ८२ लाख ७४ हजार ६ सय २ रूपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानाकारी दिनुभयो । बचतकर्ताले रकम फिर्ताको माग गरेपछि उनीहरु पसल नै बन्द गरेर फरार थिए ।

गत साउन १७ गतेदेखि फरार बनेका राजु र कमलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ६५ जनालाई ठगी गरेको देखिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology