Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बम बिस्पोटबाट बिप्लव समुहका कार्यकर्ता सहित दुई जना घाइते : एकको अबस्था गम्भीर


1.2K
Shares

बम बिस्पोटबाट बिप्लव समुहका कार्यकर्ता सहित दुई जना घाइते :  एकको अबस्था गम्भीर

नेपालगन्ज ३० कात्तिक । नेपालगन्ज उपमहानगरपालिका १० स्थित भृकुटीनगरमा भएको बम विस्फोटमा परेर नेत्रविक्रम चन्द समूहका कार्यकर्ता घाइते घाइते भएका छन्।

कात्तिक ३० गते साँझ भएको विस्फोटमा परेर नेकपाका जिल्ला नेता डिल्ली डिसी र धर्मराज बडुवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो। अधिकारीका अनुसार डिसीको अवस्था गम्भिर छ।

डिसी र बडुवाल भृकुटीनगर स्थित दिवाकर विक्रम मल्लको घरमा तल्लो तलामा भाडामा बस्दै आएका थिए। यसैबीच सोहीघरमा अर्को प्रेसर कुकर बम पनि भेटिएको प्रहरी बताएको छ। नेपाली सेनाको टोलीले घटनास्थलमा पुगेर बम डिस्पोज गरिएको प्रहरीले जनाएको छ। बम बिस्फोटको विषयमा अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology