Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा धानजोन क्षेत्रका किसानलाई अनुदानमा हाते ट्रयाक्टर बितरण


7.6K
Shares

गोरखामा धानजोन क्षेत्रका किसानलाई अनुदानमा हाते ट्रयाक्टर बितरण

गोरखा २४, फागुन – गोरखाको शहिद लखन गाउँपालिका र भीमसेन थापा गाउँपालिकाका धानजोन क्षेत्रका २६ जना कृषकहरुलाई अनुदानमा हाते ट्रयाक्टर बितरण गरिएको छ । गण्डकी प्रदेश सरकार अन्र्तगत कृषि ज्ञानकेन्द्र गोरखाले शहिदलखन गाउँपालिका–७ र ८ तथा भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ ज्यादुलखोका कृषकहरुलाई ५० प्रतिसत अनुदानमा हाते ट्रयाक्टर बितरण गरेको हो । बाँकी रहेका कृषकहरुलाई दोस्रो चरणमा अनुदानका समाग्री उपलब्ध गराउने कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ ।

‘जिल्लाको ज्यादुल खोला फाँट धानजोन क्षेत्रको रुपमा छनोटमा परेको छ, शहिद लखन गाउँपालिका–८ वडाध्यक्ष काशिनाथ अम्गाईले भन्नुभयो, यहाँका कृषकलाई प्रबिधियुक्त बनाउने र यस क्षेत्रमा उन्नत जातको धानको बिउ उत्पादन गर्ने लक्ष्य केन्द्रले लिएको छ ।’ त्यसका लागि कृषि ज्ञानकेन्द्र गोरखा मार्फत कृषकहरुलाई अनुदानमा उपकरण, धानका बिउ, मलखाद लगायत बितरण गर्न शुरु गरिएको उहाँले बताउनुभयो ।

पहिलो चरणमा २६ जना कृषकहरुलाई उपकरण सहितका कृषि सामाग्री बितरण गरिएको र माग आधारमा थप कृषकहरुलाई समेत अनुदानमा सामाग्री उपलब्ध गराउने उहाँले बताउनुभयो । ‘यहाँ धानजोन कार्यक्रम सञ्चालक गर्नका लागि समिति गठन गरिएको छ, वडाध्यक्ष अम्गाईले भन्नुभयो, सोही समितिले निवेदन संकलन गर्छ, आबश्यकता पहिचान पनि गर्छ र अनुदानमा उपकरण, बिउ तथा मल उपलब्ध गराउन सिफारिस गर्छ ।’

धानजोन कार्यक्रम अन्र्तगत सम्भाव्य क्षेत्रको छनोट गर्दा ज्यादुल खोला क्षेत्र छनोटमा परेपछि त्यहाँ धानको उन्नत जातको बिऊ उत्पादनको तयारी भएको उहाँको भनाई छ ।‘ ‘यस क्षेत्रमा उत्पादन हुने धानको बिउको नाम नै ‘ज्यादुल धान’ नामाकरण गरि देशभरीका लागि सिफारिस गर्ने गरि उत्पादन गर्न लागिएको हो, उहाँले भन्नुभयो, उपयुक्त भूगोल, प्रसस्त पानीको सुबिधा र एकै ठाउँमा २ हजार रोपनी भन्दा ठूलो ब्लक भएकाले पनि ज्यादुलखोला धानजोनका लागि उपयुक्त मानिएको हो ।’

‘कुल ५० लाख रुपैयाको अनुदान कार्यक्रम ज्यादुल खोलाका लागि आएको छ, उहाँले भन्नुभयो, अहिलेसम्म माग भई आएका किसानलाई अनुदान उपलब्ध गराइएको छ, अझै थप १० जना कृषकहरुबाट हाते ट्याक्टरमा माग आएको छ, उहाँहरुलाई पनि केही दिन भित्र खरिद गरी उपलब्ध गराउनेछौं ।’ प्रति ट्याक्टर खरिदमा रु ६० हजार रुपैया परेकोमा ३० हजार रुपैया कृषकले खर्च गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology