Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रचण्ड क्रान्ति र शान्ति दुबैको नायक हुन् : बरिष्ठ नेता पौडेल


1.5K
Shares

प्रचण्ड क्रान्ति र शान्ति दुबैको नायक हुन् : बरिष्ठ नेता पौडेल

गोरखा, २८ कात्तिक । नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शान्ति र क्रान्ति दुबै प्रक्रियाको नायक भएको बताउनु भएको छ । गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै उहाँले गिरिजाप्रसाद कोइराला जस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुबैको नायक भएको बताउनुभयो ।

‘शान्ति र क्रान्ति दुबैको नायक इतिहासमा कमै जन्मन्छ्न,’ बरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘प्रचण्ड पनि त्यस मध्येका एक नेता हुनुहुन्छ ।’ उहाँले काग्रेस लगायतका गठबन्धनका दलहरुले प्रचण्डको गोरखा आबस्यकता ठानेर नै गोरखा पठाएको बताउनुभयो। बरिस्ठ नेता पौडेलले इतिहासको कुरालाई बिर्सेर सविधानको रक्षाका लागि यो गठबन्धन बनेको भन्दै यहीँ अब गठबन्धनले मात्र रास्ट्रलाई समृद्धिको दिशामा लैजान सक्ने बताउनुभयो ।

‘हैसिया हथौडासग डराउनु पर्ने अबस्था छैन,’ उहाँले भन्नुभयो, ‘रुखले हसिया हथौडालाई भोट हाल्नुस, रुखले हसिया हथौडालाई भोट हाल्नुस यहीँ बाट रास्ट्रीय एकता सुरु हुन्छ ।’ बरिस्ठ नेता पौडेलले प्रचण्डले निर्वाचन जितेर गएपछी उहाँले यो देशको नेतृत्व गर्नसक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology