Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

मंसिर १ गते रातिदेखि चुनावी प्रचारप्रसार गर्न नपाइने


1.8K
Shares

मंसिर १ गते रातिदेखि चुनावी प्रचारप्रसार गर्न नपाइने

काठमाडौं, २८ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचार—प्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ ।

निर्वाचन आचार—संहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार—प्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचार—प्रसारका लागि निर्धारण गरिएको छ ।

मंसिर १ गते रातिदेखि प्रचार—प्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचार—प्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology