गोरखा, २८ कात्तिक । प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ का एमालेका उम्मेदवार अब्दुस मियाको टोली माथी एमालेकै युवा सघको टोलीले आक्रमण गरेको छ ।
गएराती चुनाव प्रचार प्रसार पछि खाना खान पालुङटार नगरपालिका—७, च्याङ्ली स्थित म्याङ्ग्यो रिसोर्टमा पुगेका अब्दुसको टोलीलाई तनहुँको भानु नगरपालिकाका युवा सघंका अध्यक्ष चिजकुमार लामाको टोलीले आक्रमण गरेको हो ।
लामाको टोलीको आक्रमणबाट अब्दुसको चुनाव प्रचारमा सँगै रहनु भएका एमालेका गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरी काफ्ले गम्भीर घाइते हुनुभएको छ । घाइते काफ्लेको टाउकोमा बियरको बोतलले आक्रमण गरेको हो ।
घटनाका आरोपित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामाको समूह दिउँसोदेखि नै रिसोर्टमा रक्सी सेवन गरेर बसेका थिए ।