गोरखाको गण्डकी गाउँपालिका–८ दर्बुङमा मध्यरातमा बुढीगण्डकी नदिबाट काठ तार्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गण्डकी गाउँपालिका–५ का ४३ बर्षिया पूर्णबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
श्रेष्ठलाई गएराती साढे १२ बजेको समयमा धादिङबाट गोरखातर्फ ट्युुबमा राखेर काठ तार्दै गर्दा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठले ६ फिट लम्बाई भएको चारपाटे काठ ८ थान गोरखातर्फ ल्याउदै गरेको अबस्था प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई ध्याल्चोक प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ । बन कार्यालयसंग समन्वय गरि श्रेष्ठ माथी थप अनुसन्धानका भईरहेको प्रहरीले जनाएको छ ।