Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा कारागारका ५ जना कैदीबन्दीले मतदान गर्न पाउने


1.4K
Shares

गोरखा कारागारका ५ जना कैदीबन्दीले मतदान गर्न पाउने

गोरखा, २५ कात्तिक। आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गोरखा कारागारमा रहेका कैदीबन्दीमध्ये ५ जनाले मतदान गर्न पाउने भएका छन् ।

मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।

कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरूलाई मतदानको व्यवस्था गरिने कार्यालयका प्रमुख गणेश प्रसाद भटराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल कारागारमा एक सय दुईजना कैदीबन्दी भए पनि मतदाता नामावलीमा ५ जनाको मात्र नाम छ । मतदाता नामावलीमा नाम भएकाले मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

कारागारमा ९४ पुरुष र ८ जना महिला कैदीबन्दी रहेको जिल्ला कारागार गोरखाका प्रमुख भटराईले बताउनुभयो। जिल्लामा तिन सय १७ मतदान केन्द रहेका छन् ।

जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदाता अधिकृत गरी छ सय ४८ जना कर्मचारी खटाइने निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।निर्वाचनमा खटाइने कर्मचारीहरुलाई कात्तिक २३ गतेदेखी निर्वाचन परिचालन सम्बन्धी तालिम दिइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology