Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

संबिधान र गणतन्त्रको रक्षा गर्न आफ्नो गाउँटोलमा आफ्नै सरकार : नेता पाण्डे


1.5K
Shares

संबिधान र गणतन्त्रको रक्षा गर्न आफ्नो गाउँटोलमा आफ्नै सरकार : नेता पाण्डे

गोरखा,२५ कात्तिक । नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले आफ्नो गाउँ टोलमा आफ्नै भन्ने मान्यताको गणतन्त्र माथी खतरा हुदै गएकोले बाम लोकतान्त्रिकका साझा उम्मेदवारलाई बिजयी गराएर संविधान र गणतन्त्रको रक्षा गर्न आग्रह गर्नुभएको छ ।

गोरखा क्षेत्र नम्बर २ को सिरानचोक गाउँपालिका नयाँ साँघुमा भएको कोणसभालाई संम्बोधन गर्दै नेता पाण्डेले भन्नुभयो _ ‘यो कुनै ब्यक्ति छान्ने वा पार्टी छान्ने गठवन्धन होइन । यो केवल संविधानको रक्षाका लागि मात्र गठबन्धन भएकोले साझा उम्मेदवारलाई बिजयी गराउन सके आफ्नो गाउँ टोलमा आफ्नै सरकार हुनेछ ।’

नेता पाण्डेले सबै धर्म, जाती र भाषाको अधिकार सहितको संविधान पाएको भएता पनि यस माथि पश्चगामीहरुले आक्रमण गर्न थालेकोले संविधान र गणतन्त्रको रक्षाको लागि पनि मंसिर ४ गते बाम लोकतान्त्रिक उम्मेदवारलाई अत्याधिक मत दिएर जिताउन कार्यकताहरुलाई आग्रह गर्नुभयो ।

संविधान च्यात्ने र गणतन्त्र फालेर राजतन्त्र ल्याउने तर्फ एमाले सहितको गठबन्धन बनेको उहाँले बताउनुभयो। ‘हामीले ल्याएको ब्यव्स्था रक्षा गर्ने कि भत्काउने, संविधानलाई बनाउने कि फाल्ने,  गणतन्त्रलाई राख्ने कि त्यसलाई फेरी राजतन्त तर्फ फर्काउने’ भनेर प्रश्न गदै नेता पाण्डेले भन्नुभयो ‘नेपाललाई अखण्ड राख्ने कि बिभाजन गर्ने, यही बिचको लडाइ भएकाले जितको लागि पनि ४ गते गठबन्धनलाई नै मतदान गर्नुपर्छ ।’

निर्वाचन क्षेत्र नम्बर २ (ख) मा हिजो र आज गरी विभिन्न स्थानमा बाम लोकतान्त्रिक गठबन्धनले कोणसभा गर्दै आएको छ । बिहीबार माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित पाण्डेले घ्याचोक, भच्चेक, ताकुमाझ लाकुरी बोट र ताकुकोटमा कोणसभा सम्पन्न गरेको थियो ।

आज शुक्रबार बाम लोकतान्त्रिक गठबन्धनले जौबारी, नयाँसाघु, हर्मी र वड्डाँडामा कोणसभा गर्दै छ । कोणसभालाई क्षेत्र नम्बर २ का प्रतिनिधी सभा उम्मेदवार एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रदेशसभा उम्मेदवार पाण्डे, नेपाली काँग्रेसकी नेता कमला पन्तले संम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology