गोरखा, २५ कात्तिक । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गोरखा क्षेत्र २ अन्तर्गत प्रदेश सभा (ख) का उमेदवार सुरेन्द्रराज पाण्डेले प्रचण्ड गोरखाका लागि ठूलो रुखको छहारी भएको बताउनु भएको छ ।
गोरखाको सिरानचोक गाउँपालिकाको हर्मीमा आज आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्नु हुँदै उहाँले गोरखाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेद्बारी पाउनु गोर्खाली जनताका लागि गौरवको कुरा भएको बताउनु भएको हो ।
‘ठूलो रुखको छहारी लागे ओत लाग्छ भन्ने नेपालीमा एउटा उखान नै छ,’उहाँले भन्नुभयो, ‘प्रचण्ड गोरखाका लागि एउटा ठूलो रुखको छहारी हो ।