गोरखा, २५ कात्तिक । गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा (ख)का राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार सफिदिन मियाँले आफ्नो उम्मेद्वारी निष्कृय पर्नु भएको छ । उम्मेद्वार मियाँले आज प्रेस विज्ञप्ति नै जारी गरी उम्मेद्वारी निष्कृय पारी माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्नु भएको हो ।
मियाँले आन्दोलनको मियो शान्ति र क्रान्तिका नायक प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेद्वार भएर आउनु गोरखाली जनताको लागी गौरवको विषय भएको बताउनुभयो । ‘मैले नेपालको आन्दोलनको मियो शान्ति र क्रान्तिका नायक प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेद्वार भएर आउनु हामी सम्पूर्ण विकास प्रेमी गोरखाली जनताको लागी गौरवको विषय ठानी मैले राष्ट्रको आवश्यकता र स्थानीय माओवादी केन्द्रका कमरेडहरुको आग्रहलाई स्वीकार गर्दै म गठबन्धनको कार्यनितिलाई सहि ठानी आजैदेखी माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछु ।’
उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै बाम लोकतान्त्रिक गठबन्धनलाई पूर्ण रुपले सहयोग गरी गठबन्धनका साझा उम्मेद्वार क्रमश पुष्पकमल दाहाल पचण्ड र सुरेन्द्रराज पाण्डेलाई सो क्षेत्रबाट जिताउने उहाँले प्रतिबद्धता गर्नुभयो । मियाँ सिरानचोक गाँउपालिका वडा नं. ३ हर्मी मकुनडाडाँ निवासी स्थानीय हुनुहुन्छ । उहाँलाई माओवादी केन्द्र अध्यक्ष प्रचण्डले माला लगाएर पार्टीमा स्वागत गर्नुभयो ।
