Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

आर्थिक समृद्धिका लागि बाँकी जीवन समर्पित गर्छु ः अध्यक्ष प्रचण्ड


1.6K
Shares

आर्थिक समृद्धिका लागि बाँकी जीवन समर्पित गर्छु ः अध्यक्ष प्रचण्ड

गोरखा, २५ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल प्रचण्ड ले अबको बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताउनु भएको छ ।

आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसग भोट माग्न दुई दिनदेखि गोरखामा रहनु भएका उहाँले आज बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्नु हुँदै परिबर्तनलाई सस्थागत गर्न आर्थिक क्रान्ति अनिबार्य रहेको बताउनु भएको हो ।

अबको मेरो बाँकी जीवन बिकास र समृद्धिका लागि खर्च गर्नेछु, उहाँले भन्नुभयो, राजनीतिक परिबर्तनलाई संस्थागत गर्नका लागि पनि अब आर्थिक क्रान्तिको सुरुवात गर्नु जरुरी छ ।

उहाँले आर्थिक क्रान्तिको सुरुवात गोरखाबाट नै गर्ने समेत बताउनुभयो । म गोरखा आएको कुरा सन्सारले थाहा पाएको छ, अध्यक्ष दाहालले भन्नुभयो, अब आर्थिक क्रान्तिको सुरुवात पनि गोरखाबाट नै गरेर सिगो देशलाई नमुनाको रुपमा देखाउनु पर्छ ।

उहाँले गोरखा जिल्लामा सन्सारको ध्यान केन्द्रित भएको उल्लेख गर्नुभयो । गोरखामा अब ससारको ध्यान केन्द्रित भइरहेको छ, अध्यक्ष दाहालले भन्नुभयो, सबैले यहाँ ध्यानदिई रहेका छन, अब शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने आधार भुमी नि गोरखा हुनसक्छ, दिगो शान्ति र आर्थिक समृद्धिको आधार पनि यहीँबाट सुरु हुन्छ ।

उहाँले बिस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता मध्येको आफू एक भएको भन्दै बिचार र आस्थाका आधारमा कसैलाई पनि विभेद हुन नदिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology