Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

फोहर फाल्ने ठाउँमा भेटियो सालनाल सहितको शिशु


1.5K
Shares

फोहर फाल्ने ठाउँमा भेटियो सालनाल सहितको शिशु

हेटौंडा,२५ कात्तिक । हेटौडा उपमहानगरपालिकाले फोहोर जम्मा गरि फाल्ने स्थानमा बोराभित्र प्याक गरिएको अवस्थामा सालनाल सहितको मृत शिशु फेला परेका छन् ।

ना ४ त २६९८ नम्बरको ट्याक्टरले हेटौंडाको विभिन्न स्थानहरुबाट जम्मा गरि ल्याएको फोहरमा मृतक शिशु फेला परेको प्रहरीले जनाएको छ ।

हेटौंडा–१० राप्ति खोला छेउमा कुहिने फोहर र नकुहिने फोहर छुट्याउने क्रममा आज बिहान ८ बजेको समयमा नगरपालिकाको कर्मचारीले बोरा भित्र प्याक गरिएको अवस्थामा शिशुको शव भेटाएपछि प्रहरीलाई खबर गरेका थिए ।

शिशुको शबलाई हेटौंडा अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology