गोरखा, २४ कात्तिक । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गोरखा क्षेत्र २२ अन्तर्गत प्रदेश सभ (ख ) उमेदवार सुरेन्द्रराज पाण्डेले गोर्खाली जनताले भोलिको प्रधानमन्त्री हुने ब्यक्तीलाई अत्याधिक बहुमतले जिताएर पठाउनु पर्ने बताउनु भएको छ ।
गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आज आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्नु हुँदै उहाँले यस्तो बताउनु भएको हो । उहाँले बाम—लोकतान्त्रिक गठबन्धनलाई निर्वाचनमा भोट दिएर देशलाई समृद्धिको दिशामा लैजानु पर्ने बताउनुभयो । समृद्द रास्ट्र निर्माणका लागि अग्रगामी शक्तीको आवश्यकता रहेको भन्दै अहिले गठबन्धन त्यसै आधारमा बनेको केन्द्रिय सदस्य पाण्डेले बताउनुभयो ।
दुई तिहाई बहुमत जोगाउन नसक्ने एमालेलाई फेरि भोट दिन नहुने बताउनु उहाँको भनाई छ । एमालेलाई भोट दिए देश फेरि ५ बर्ष बर्बाद हुने उहाँले बताउनुभयो ।