Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

भोट माग्न मात्र होइन बिकासको गतिलाई तीव्रता दिन गोरखा आएको हुँ : अध्यक्ष प्रचण्ड


2.2K
Shares

भोट माग्न मात्र होइन बिकासको गतिलाई तीव्रता दिन गोरखा आएको हुँ : अध्यक्ष प्रचण्ड

गोरखा, २४ कात्तिक ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले भोट माग्न मात्र नभई बिकासको गतिलाई तीव्रता दिन गोरखा आएको बताउनु भएको छ ।

गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आज आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्नु हुँदै उहाँले जनताको ठूलो बलिदानबाट बनेको संविधान लोकतन्त्र बिरोधिहरुबाट धरापमा परेपछि संविधान पक्षधरहरु एकै ठाउमा उभिएको बताउनु भएको हो । ‘यो गठबन्धन हामीले प्राप्त गरेको उपलब्धिको रक्षा गर्नुको साट्टो भत्काउने कोसिस गरेपछि त्यसको रक्षाका लागि बनेको हो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ‘अझै पनि बेला बेलामा प्रतिगामी, यथास्थितिबादी शक्तिले टाउको उठाउने प्रयास गरिरहेका छन् ।’

अध्यक्ष प्रचण्डले सबै उत्पीडित आदिवासी जनजातीको पक्षमा लडेर ल्याएको अधिकार कुनै हालमा गुम्न नदिने बताउनुभयो । ‘हामीले लडेर महिला आदिवासी, जनजाति र पिछडिएका बर्गको अधिकार स्थापित गरेका छौ,’ उहाँले भन्नुभयो, ‘म ती अधिकार खोस्न कुनै हालतमा दिन्न ।’

अध्यक्ष प्रचण्डलसत्तरी बर्ष लडेर ल्याएको संविधानको रक्षाका लागि अहिलेको बामलोकतान्त्रिक गठबन्धन बनेको बताउनुभयो । उहाँले उत्पीडितहरुको अधिकारको कुरा गर्दा केही उग्रवादीहरुले जातीय साम्प्रदायिकता फैलाउने षड्यन्त्र गरिरहेको आरोप समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology