Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा कोरानाका शंकास्पद बिरामी भेटिए उपचारका लागि आईसोलेशन वार्ड स्थापना


12.6K
Shares

गोरखामा कोरानाका शंकास्पद बिरामी भेटिए उपचारका लागि आईसोलेशन वार्ड स्थापना

गोरखा  – जिल्ला अस्पताल गोरखामा कोरोना भाईरस (कोभिड १९) का शंकास्पद बिरामी भेटिएमा उपचारका लागि आइसोलेशन वार्डको स्थापना गरिएको छ । कोरोना भाइरसको उपचारका लागि पूर्व तयारी स्वरुप अस्पतालमा वार्डको स्थापना गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट नवीन थापाले जानकारी दिनुभयो ।

‘कोरोनाका शंकास्पद बिरामी अस्पतालमा उपचारका लागि आएमा उहाँहरुलाई सुरक्षित ठाउँमा राखेर उपचार गर्नु आबश्यक हुन्छ, उहाँले भन्नुभयो, त्यसका लागि पहिले नै हामी तयारी अबस्थामा रहनुपर्ने भएकाले वार्डको स्थापना गरिएको हो ।’ वार्ड स्थापना भएसंगै शंकास्पद बिरामी फेला परेमा जिल्लामै अब छुट्टै कक्षमा राखेर उपचार गर्न सकिने व्यवस्था भएको थापाले जानकारी दिनुभयो ।

तत्कालका लागि अस्पतालले दुईवटा कोठालाई सुविधा सम्पन्न आइसोलेशन वार्डको रुपमा निर्माण गरेको उहाँले बताउनुभयो । ‘एटेच बाथरुम सहितको आइसोलेशन कक्षमा एसी समेत जडान गरिएको छ, थापाले भन्नुभयो, ‘ अब छिट्टै पाँच वटा कोठालाई पनि सुविधा सम्पन्न बनाई आइसोलेशन वार्डको रुपमा प्रयोग गर्ने तयारी गरिरहेका छौं ।’

अस्पतालले कुनै गाउँमा एकैपटक धेरै बिरामी परेमा समेत तत्काल उपचारका लागि आकस्मिक उपचार टोली गठन गरेको सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । ‘कोरोना भाइरसको उपचारका लागि हामीले इमर्जेन्सी मेडिकल टिम गठन गरेका छौं, उहाँले भन्नुभयो, ‘ डा.सन्तोष बास्तोलाको नेतृत्वमा मेडिकल टिम गठन गरिएको हो ।’

अस्पतालले गठन गरेको मेडिकल टिममा मेडिकल सर्जरी बिभागका डा. गणेश श्रेष्ठ, डा. विनोद दुवाडी, इमर्जेन्सीका डा. कमलराज रोका, ओपिडि बिभागका वारिष्ठ स्वास्थ्य सहायक कृष्ण ढकाल लगायत रहनु भएको छ । अस्पतालले कोरोना भाइरसको बारेमा सर्वसाधारणलाई सुसुचित गराउन अस्पताल वरपर फ्लेक्सबोर्ड बनाई राख्ने तयारी समेत गरेको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology