Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा दुई सय १० सिट क्षमताको सिनेमा हल सञ्चालनमा आउने


1.9K
Shares

गोरखामा दुई सय १० सिट क्षमताको सिनेमा हल सञ्चालनमा आउने

गोरखा, २३ कात्तिक । गोरखामा दुई सय १० सिट क्षमता भएको अत्याधुनिक प्रविधिसहितको सिनेमा हल सञ्चालनमा आउने भएको छ । करिब ७ बर्षदेखि बन्द रहेको ‘गोरखकाली चलचित्र मन्दिर’ लाई अत्याधुनिक प्रविधि र सुविधा सहित सञ्चालनमा ल्याउने सञ्चालक मध्यको एक मोहम्मद याकुब मियाँले जानकारी दिनुभयो।

जिल्लामा हल नहुँदा लामो समयदेखि स्थानीय दर्शक फिल्म हेर्न बाहिरी जिल्ला चितवन, दमौली, पोखरा, काठमाडौ लगायतका स्थानमा जानुपर्ने बाध्यता रहेको थियो । सोही विषयलाई मध्यनजर गर्दै जिल्लाकै एकमात्र चलचित्र हलमा अत्याधुनिक प्रविधि सहितको राम्रो साउण्डको साथमा चलचित्र संचालनमा ल्याउने तयारीमा रहेको उहाँले बताउनुभयो ।

गोरखामा गुणस्तरीय सिनेमा हलको माग बढेसँगै नयाँ सेवा सुबिधासहित हल सञ्चालनमा ल्याउन लागेको सञ्चालक मियाँको भनाई छ। उहाँका अनुसार हलमा आरामदायी सिट हुनुको साथ क्यान्टिनको राम्रो ब्यबस्था हुनेछ ।

हल निर्माणको ९५ प्रतिशत भन्दा बढी काम सकिएको जनाएको छ । गोरखासहित आसपासका आबुखैरेनी र मुग्लीन सम्मका दर्शकलाई लक्षित गरी सिनेमा हल सञ्चालनमा ल्याउने लागेको संचालक मियाँले बताउनुभयो । करिब एक करोड ५० लाख लागतमा सञ्चालनमा आउन लागेको सो हलले महिनाको तीन लाख आम्दानी गर्ने अनुमान गरिएको छ । हल चुनाब लगतै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology