गोरखा २० कात्तिक । सुनको भाउ एक्कासी ह्वात्तै बढेको छ । नेपाली बजारमा आज एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकेको छ ।
शुक्रवारको भाउभन्दा १ हजार ४ सय रुपैयाँले बढी हो । अस्ति सुनको भाउ तोलामा ९३ हजार १ सय रुपैयाँ थियो । आइतबार आज चाँदीको भाउ पनि बढेको छ । ५० रुपैयाँले बढेर चाँदीको भाउ आज तोलाको १ हजार २ सय ७५ रुपैयाँमा पुगेको छ ।