गोरखा, १६ कात्तिक । डेंगु सङ्क्रणका कारण पत्रकार चाँदानी अधिकारीको मुत्यु भएको छ ।
चितवन मेडीकल कलेज चितवनमा उपचारत अधिकारीको बुधबार उपचारको क्रममा मुत्यु भएको प्रेस सेन्टरका केन्द्रीय महासचिव सन्तोष गौतमले जानाकारी दिनुभयो ।
बेशीसहरको मोडल अस्पतालमा उपचार गराइरहेकी उहाँलाई मंगलबार थप उपचारका लागि चितवनको मेडिकल कलेज लगिएको थियो।
२२ वर्षीेया अधिकारी प्रेस सेन्टर लमजुङकी सचिव र रेडीयो भेटे बडारकी समाचार वाचिका समेत हुनुन्थ्यो ।