Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

कारको ठक्करबाट ३५ दिने शिशुसहित तीन जनाको मृत्यु


924
Shares

कारको ठक्करबाट ३५ दिने शिशुसहित तीन जनाको मृत्यु

काठमाडौं, १४ कात्तिक ।  कारको ठक्करबाट रूपन्देहीमा एक ३५ दिने शिशुसहित तीन जनाको मृत्यु भएको छ।

छठ पर्व मनाउन घाट जाने क्रममा रूपन्देहीको ओमसतिया ४ मा कारले ठक्कर दिँदा एक शिशुसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना बिहान ५ः४५ को हो। हुलाकी राजमार्ग अन्तर्गत भैरहवा परासी सडकखण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार कारको ठक्करबाट मृत्यु हुनेहरूमा ओमसतिया ४ कै १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको हो।

दुर्घटनामा शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते छन्।

घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठक्कर दिएको गाडी भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology