पाल्पा । पाल्पाको तानसेन–७ लामिडाँडामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रवार १ जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत लामिडाँडामा टिप्पर मोटरसाईकललाई ठक्करदिदा मोटरसाईकलको पछाडी बस्ने व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तानसेनबाट बुटवल आउँदै गरेको लु७प ४३४ नम्बरको मोटरसाइकलाई सोही दिशाबाट आउँदै गरेको लु२ख ३१७८ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइलमा सवार तानसेन नगरपालिका–७ की ५५ वर्षीया मधु श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा परि उहाँका पति हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते हुनु भएको छ । उहाँको लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिएको जनाएको छ ।