काठमाडौं, ७ कात्तिक । कैलालीमा थ्रेसरमा परेर एक जनाको मृत्यु भएको छ।
सोमबार कैलारी गाउँपालिका—३ भर्रीटोलकी ४५ वर्षीया बिना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।
खेतमा काटेको धान हाल्ने क्रममा उहाँको कपडा बेरिएर थ्रेसरमा परेको थियो। कपडापछि उनी पनि थ्रेसरमा पर्नु भएको थियो।
उहाँको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो।