Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

चितुवाको आक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु


2.2K
Shares

चितुवाको आक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु

तनहुँ, ४ कात्तिक । जिल्लाको बन्दिपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान एक बालिकाको मृत्यु भएको छ । साथीको घर जाँदै गर्दा चितुवाको आक्रमणमा परी ११ वर्षीया बीना चेपाङको मृत्यु भएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार घरबाट करिब तीन सय मिटरको दूरीमा रहेको साथीको घर जाने क्रममा सालघारीमा चितुवाले आक्रमण गरेको हो । चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको उहाँले बताउनुभयो । बालिका कक्षा ५ मा अध्ययनरत थिइन् ।

बालिकाका बुबा चन्द्र बहादुर घर्ती सुन्तला बेच्न डुम्रे बजार झरेका र आमा चन्द्रमाया घरमै काम गरिरहेका बेला साथीको घरमा जाने क्रममा ती बालिका चितुवाको आक्रमण परेको थियो ।

पछिल्लो समय बन्दिपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा बन्दिपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology