गोरखा २३, फागुन – गोरखाको अजिरकोट गाउँपालिका–२ खरिबोट स्थित एक बिधालयका ४० भन्दा बिधार्थीहरुमा भाइरल ज्वरोको संक्रमण देखिएको छ । स्थानीय श्री प्रभा माध्यमिक विधालयका बिधार्थीहरुमा एकसाता भन्दा बढी समयदेखि भाइरल ज्वरोको संक्रमण देखिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुरेश दुवाडीले जानकारी दिनुभयो ।
बिधार्थीहरुमा रुघा लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने लगायतका समस्या देखिएको उहाँले बताउनुभयो । शाखा प्रमुख दुवाडीले बिधालयमा बिधार्थीहरुमा भाइरल ज्वरोको समस्या देखिएको जानकारी पाए लगत्तै बिधालयमै पुगेर उपचार शुरु गरेको उहाँले जानकारी दिनुभयो ।
‘‘गाउँपालिकामा मंगलबार मात्र जानकारी आएको हो, हामीले तत्कालै बिधालयमा स्वास्थ्यकर्मीको टोली पठाएर चेकजाँच ग¥यौं, उहाँले भन्नुभयो, अहिले बिस्तारै अबस्था सामान्य हुदैछ ।’ उहाँले विद्यार्थीमा ज्वरो आउने, रुघाँखोकी लाग्ने तथा घाँटी र छात्ती दुख्ने समस्या देखिएको जानकारी दिनुभयो ।
प्रमुख दुवाडीले बिधार्थीहरुमा भाइरल ज्वरोको लक्षण देखिएपनि आत्तिन पर्ने अबस्था नरहेको बताउनुभयो । ‘यस्तो बेलामा अलिबढी सरसफाइ र खानपानमा ध्यान दिनुपर्छ, उहाँले भन्नुभयो, ‘सरुवा रोग भएकाले पनि धेरैमा यो समस्या देखिएको होे ।’ उहाँले साविकको खरिबोट गाविसको खिम्पु, ओलाङ र अपुनका बालबालिकामा यो समस्या बढी देखिएका जानकारी दिनुभयो ।
बिधालयका साहायक प्रधानध्यापक सुरेन्द्रराज धितालले धेरै जसो कक्षा ६ देखि ८ सम्मका बिधार्थीहरुमा भाइरल ज्वरोको समस्या देखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘करिब १० दिन भन्दा बढि समय भयो बालबालिकाहरुमा यो समस्या देखिएको तर सोमबारदेखि भने अलि बढि नै भएकाले स्वास्थ्यकर्मीहरुलाई बोलाएर चेकजाँच गराएका छौ ।’