Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु


1.4K
Shares

ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं, २ कात्तिक । ताप्लेजुङको मैवाखोला गाउँपालिका—४ स्थित याम्फेवा खोला नजिक मंगलबार राती ट्र्याक्टर दुर्घटनामा हुँदा चार जनाको मृत्यु भएको छ।

५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला(४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको मृत्यु भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए। उनका अनुसार उनीहरू सबैको घटनास्थलमा नै मृत्यु भएको हो। ट्र्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ।

अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युतको सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए।रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology