Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नेपाल सरकारले औषधि नरोक्न भारतलाई पत्राचार गर्ने


1.5K
Shares

नेपाल सरकारले औषधि नरोक्न भारतलाई पत्राचार गर्ने

 

काठमाण्डौ । नेपाल सरकारले भारतले विभिन्न औषधि र औषधि उद्योगका लागि आवश्यक कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेपछि ती वस्तुको निर्यात नरोक्न भारतलाई पत्राचार गर्ने भएको छ ।

भारतले औषधि र औषधिको कच्चा पदार्थको निर्यातमा रोक लगाउँदा नेपालमा त्यसको प्रत्यक्ष असर पर्ने भएकाले निर्यात नरोक्न पत्राचार गर्ने निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बिहीवार बसेको बैठकले सो निर्णय गरेकोे सञ्चार मन्त्रालयको समेत जिम्मेवारी लिएका अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

उहाँले हाल नेपालमा कुनै पनि औषधि र कच्चा पदार्थको अभाव नरहे पनि आगामी दिनमा अभाव हुन नदिन नेपालको हकमा निर्यात खोली सहज आपूर्ति गरिदिन भारतलाई आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरिएको बताउनुभयो। यो समाचार आजको आर्थिक अभियान दैनिकमा टीपी भुसालले लेख्नु भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology