गोरखा २३, फागुन । स्थानीय डकर्मीको क्षमताअभिवृद्धि गर्ने उद्देश्यले गोरखानगरपालिका–१० विरेनचोक स्थित स्थानीय इन्द्रबहादुर खनालको घरमा ४ दिने रेट्रोफिटिङ÷प्रवलीकरण सम्बन्धी तालिम सुरु गरिएको छ । भारत सरकाद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले सुरक्षित आवास निर्माण तथा स्थानीय डकर्मीलाई प्रवलीकरण सम्बन्धी प्रविधिको ज्ञान दिने उद्देश्यले तालिम संचालन गरेको जनाएको छ ।
प्रवलीकरणका इन्द्रबहादुरले मौलिकसंरचनाको साढे दुई तल्लाको ढुंगामाटोको घर जगेर्ना गर्न समेत प्रवलीकरण उचित भएको बताउनुभयो । उहाँले भन्नुभयो, बन्दीपुरदेखि दुखल्याएको ढुंगा र विशेष कालिगढबाट घर मिहिनेतले बनाएकाले भत्काएर नयाँ बनाउन मन लागने, त्यसैले यसलाई सुरक्षित बनाएको हुँ । प्रवलीकरणमा परेको
यस्तै, तालिमको उद्घाटनमा वडा नम्बर १० का वडाध्यक्ष देविबहादुर बस्नेतले वडामा पहिलो प्रवलीकरण हुनु उदाहरणीय भएकाले आवश्यक रहेका अन्य घरमा समेत थपजनचेतना फैलाउन वडा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, स्थानीयमा समेत प्रवलीकरण सम्बन्धी जनचेतना फैलने र सामान्य क्षति भएका मौलिक घर भत्काएर नयाँ घर बनाउनु भन्दा प्रवलीकरण उचित हुन्छ ।
पत्रकार महासंघ गोरखा शाखा अध्यक्ष किशोरजंग थापाले प्रवलीकरणको तालिम लिए पश्चात डकर्मीले स्थानीय स्तरमा प्रवलीकरणका सम्बन्धमा विश्वास बढाउन सक्ने बताउनुभयो । यस्तै, उहाँले पालिकाले समेत अपनत्वलिएर अगाडी बढेमा प्रवलीकरण बारे बलियो आधार तय हुने बताउनुभयो ।
परियोजनाका सामाजिक विज्ञ घनश्याम खतिवडाले प्रवलीकरण सम्बन्धी तालिमले घर सुरक्षित र स्थानीय डकर्मीको क्षमता अभिवृद्धि हुने बताउनुभयो । उहाँले भन्नुभयो, ४ दिनसिकेको तालिमले स्थानीय डकर्मीको जीविको पार्जनका लागि समेत मद्दत पुग्ने छ ।
परियोजना अन्र्तगत गोरखा नगरपालिका वडा नम्बर ८ देखि १४ का टोलि संयोजक हिरा श्रेष्ठले मौलिक घरको जगेर्ना तथा स्थानीय डकर्मीलाई प्रवलीकरण बारे जनचेतना तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम संचालन गरिएको गोरखा नगरपालिकाका बताउनुभयो ।२०७२ सालमा सामान्य क्षतिपुगेको प्रवलीकरणका लाभग्राही इन्द्र बहादुरको घर २०३८ सालमा बनेको हो ।