गोरखा, २८ असोज (रासस) ः नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गोरखा जिल्लामा भइरहेको बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सुजना लोहनीले जितको सुरुवात गरेका छन् । प्रतियोगिता अन्र्तगत भएको पहिलो चरणको खुल्ला क्लासिकल इभेन्टमा बिभागिय टोली त्रिभुवन आर्मी क्बलका जैसवालले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गर्नुभएको हो ।
त्यस्तै पहिलो चरणको महिला क्लासिकल इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले बाग्मती प्रदेशकी मार्सल तामाङलाई पराजित गर्नुभएको निर्णायक दिपेश गिरीले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्र्तगत खुल्ला क्लासिकल तर्फको पहिलो चरणको खेलमा नेपाल प्रहरीका फिडे मास्टर शिक्षित भण्डारीले सशस्त्र प्रहरीबलका बिश्वबिजय घिमिरेलाई पराजित गर्नुभयो । त्यस्तै त्रिभुवन आर्मीका क्यान्डिडेट मास्टर मिलन लामा र मधेष प्रदेशका मनोज बि.क बिच भएको प्रतियोगिता ‘ड्र’ भएको छ ।
खुल्ला क्लासिकल तर्फ नै प्रदेश नम्बर १ का जेम्जुङ प्रसान्तदासलाई पूर्व राष्ट्रिय च्याम्पियन समेत रहनु भएका सुरबिर लामाले पराजित गर्नुभएको छ भने बाग्मती प्रदेशका निकेन कुसताले बाग्मती प्रदेशकै राजिव कार्कीलाई पराजित गर्न सफल हुनुभएको छ ।
प्रतियोगिता अन्र्तगत महिला क्लासिकल तर्फको पहिलो चरणको खेलमा बाग्मती प्रदेशका लक्ष्मी कंडेलले सशस्त्र प्रहरी बलकी गीता जैसवाललाई पराजित गर्नुभयो भने एनआरएनकी बिनिता कपालीले मधेष प्रदेशकी संगीता महतोलाई पराजित गरी पहिलो उत्कृष्ट पाँच भित्र पर्न सफल भएकी हुन् । प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ ।