Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु


1.5K
Shares

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

काठमाडौं, २८ असोज । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान धनगढी उपमहानगरपालिका—१३ कैलालीगाँउ जाने भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३१ वर्षीय दुर्गा ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी आफैंले चलाएको से ६ प ३९३६ नम्बरको मोटरसाइकल नालामा पल्टेको थियो।

ओझालाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको भए पनि डाक्टरले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology