गोरखा, २७ असोज । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगर्त गोरखामा आजदेखी बुद्विचाल (चेस) प्रतियोगिता सुरु भएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद प्ररिषद्को आयोजना र गण्डकी प्रदेशको सहआयोजनामा बिहीबारदेखी गोरखा सदरमुकाममा चेस प्रतियोगिता सुरु भएको हो ।
गोरखा नगरपालिका ५ को हिलेपोखरीमा रहेको गोरखा क्याम्पस परिषरमा सुरु भएको खेलको जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा र गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर राना मगरले ब्यानरमा संयुक्त हस्ताक्षर र चेस खेलेर उदघाट्न गर्नु भएका थिए ।
खेलमा ७ प्रदेश सहित नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना र एनआरएन गरी ४ घरेलु समूह समेत ११ समूहको सहभागीता रहेको आयोजक कमिटि सदस्य मोनालिसा खम्बोले जानकारी दिनुभयो । उहाँका अनुसार महिला र पुरुष गरी ६६ जना खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् ।
प्रत्येक समूहमा ३–३ जना महिला पुरुष हुने खेलमा महिला र खुल्ला गरी ६ प्रकारको खेल हुने आयोजकले जनाएको छ । जसका लागि यस अघि नै प्रदेश स्तरमा नै खेल खेलेर सेलेक्सन भएर खेलाडी गोरखा आएको पनि सदस्य खम्बाले बताउनुभयो ।
सहभागी खेलाडीहरुलाई नेपाल प्रहरीले होटल खेल स्थलमा पूर्ण रुपमा सुरक्षा प्रदान गरिहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिनुभयो ।
प्रतियोगित अन्तररगर्तं ५ दिन क्लासिकल, २ दिन रर्यापिड र १ दिन बिल्च प्रतियोगिता हुने छ । कात्तिक २ गते सम्पन्न हुने प्रतियोगितामा ६–६ जनाले स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने छन् ।
खेल अवधिभर १ जना खेलाडीले ९ खेल खेल्नुपर्ने छ । १ खेलका लागि ३ देखी ४ घण्टा लाग्ने गर्दछ । खेलमा जित्नेले १ अंक प्राप्त गर्ने छ,भने बरावरी भएको खण्डमा दुवैले आधा–आधा अंक र हार्नेले शुन्य अंक पाउने आरविटर अर्थात निर्णायक महेश्वर डंगोलको भनाई छ।
कार्यक्रममा विशेष अतिथी रहेका गोरखा नगरपालिकाका प्रमुख राना मगरले गोरखा बसाइलाई सम्झन लायकको बनाउन आग्रह गर्दै असहज भएको महशुस भए तत्काल जानकारी गराउन पनि अनुरोध गर्नुभयो।