काठमाडौं, २५ असोज । नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ।
नुवाकोट बेलकोटगढी नगरपालिका—१३ घर भई काठमाडौं बौद्ध बस्ने ३५ वर्षीय रामबहादुर सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
सुनारले सोमबार राति ११ वर्षीया नाबालिगलाई उनकै डेरामा गएर बलात्कार गरेको आरोप छ।
बलात्कार गरेको खबरपछि प्रहरी वृत्त ठिमीको टोलीले उनलाई पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।