नुवाकोट– नुवाकोटको विदुर नगरपालिका–१ ढुंगे बजारका एक नवविवाहित दम्पतीले त्रिशुली नदीमा हामफाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन् । विवाह गरेको केही समय पनि नबित्दै २२ वर्षीय मौषम खाती र २१ वर्षीया सञ्जु खाती आत्महत्या गर्ने उद्देश्यले गएराति त्रिशुली नदीमा हामफालेको प्रहरीले जनाएको छ ।
पारिवारीक विवादलाई लिएर उनिहरु दुवैले आत्माहत्याको प्रयास गरेको बताइएको छ ।छिमेकीहरुले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । त्रिशुली नदि किनारमै घर भएका उनीहरुले घरको छतबाट एकैपटक हामफाल्दा श्रीमती सञ्जुको घटनास्थलमै मृत्यु भएको छ भने श्रीमान् मौशमलाई घटनास्थलबाट घाईते अवस्थामा प्रहरीले उद्धार गरिएको थियो ।
हाल घाइतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।