Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बोर्लाङ्गमा भएको अन्तर जिल्लास्तरिय भलिबल प्रतियोगिताको उपाधि तनहुँलाई


2.9K
Shares

बोर्लाङ्गमा भएको अन्तर जिल्लास्तरिय भलिबल प्रतियोगिताको उपाधि तनहुँलाई

गोरखा, १६ असोज । भिमसेन थापा गाँउपालिका बोर्लाङ्गमा यही १२ गते देखी सुरु भएको गण्डकी प्रदेश अन्तर जिल्लास्तरिय भलिबल प्रतियोगिताको उपाधि तनहुँले हात पारेको छ ।

प्रतियोगिताको आज भएको फाइनल खेलमा स्याङजा जिल्ला भलिबल संघलाई पराजित गर्दै तनहुँ जिल्ला भलिबल संघ बिजेता बन्न सफल भएको हो ।

५ सेटमा भएको खेलमा स्याङजाले २ सेटमा मात्र जित हात पारे पछि उप बिजेतामा चित्त बुझाउनु परेको थियो ।

प्रतियोगितामा आयोजकको टिम सहित ११ जिल्लाका गरी १२ टिमको सहभागीता रहेको थियो । पुरुष तर्फको खेलमा प्रथम, द्वितिय, तृतिय र चौथो पुरस्कार स्वरुप बिजेताले क्रमश। १ लाख ३० हजार, ७० हजार, ३५ हजार र १५ हजार सहित मेडल र कप प्राप्त गरेका छन् ।

त्यस्तै गरी, महिला तर्फको खुल्ला भलिबल प्रतियो्िगता प्रथम, द्वितिय, तृतिय र चौथो हुनेले समूहले क्रमश.७०, ४०, २० र १० हजार सहित कप र मेडल प्राप्त पाएका छन् ।

भेटेरान्स तर्फ भने प्रथम र द्वितिय समूहले मात्र उपहार पाएका छन् । खेलमा प्रथम र द्वितिय हुनेले क्रमश. ४० र २५ केजीको खशी उपहार स्वरुप पाएका थिए ।

आयोजकले खेल अवधिभर पुरुष तथा महिला तर्फ राम्रो खेल प्रर्दशन गर्ने वेष्ट प्लेयर, स्पाईकर, ब्लकर, डिफेन्डर, सर्भर, सेटर र कोचलाई पनि मायाँको चिनो सहित नगद पुरस्कारले सम्मान गरेको थियो ।

बिजेता तथा सहभागीलाई समापन कार्यक्रमका प्रमुख अतिथी भीमसेन थापा गाउँपालिकाका प्रमुख लोकप्रसाद बञ्जाराले पुरस्कार बितरण गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology