बुटवल, १६ असोज । पाखेरीमा डुबेर अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ ।
शीतगंगा नगरपालिका ठाडास्थित डमरु दहमा डुबेर शितगंगा—३ का ३७ वर्षीय खिमबहादुर नेपालीको मृत्यु भएको हो ।
आइतबार (आज) बिहान करिब ८ बजेतिर दहमा पसेका नेपालीलाई पानीमुनि हिलोमा गडेको अवस्थामा प्रहरीले उद्धार गरेका थिए । उद्धार गर्नासाथ उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लगिको थियो ।
इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले खिमबहादुर किन दहमा गएका थिए भन्ने नखुलेको जानकारी दिनुभयो।