Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मास्कको कालोबजारी गर्नेलाई २ लाख जरिवाना


5.8K
Shares

मास्कको कालोबजारी गर्नेलाई २ लाख जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन मेडिकल क्षेत्रमा केन्द्रित बनाएको छ। पछिल्लो समय कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल माक्स, सेनिटाइजेसनलगायत वस्तुको बजार माग बढिरहेको अवस्थामा त्यस्ता वस्तु लुकाउने र बढी मुल्यमा बेच्ने गरेको गुनासो आएपछि विभागले अनुगमन तीव्र बनाएको हो।

विभागले मंगलबारमात्र क्षेत्रपाटीको नेपाल केयर सर्जिकल सप्लायर्सलाई कालोबजारी गर्ने उद्देश्यले माक्स लुकाएको र २ लाख रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

बजारमा सर्जिकल माक्सको कृत्रिम अभाव देखिएपछि विभागले यो हप्तामात्रै १ दर्जन बढी मेडिकलहरुमा अनुगमन गरेको जनाएको छ।

अनुगमनका क्रममा औषधि पसल, डिपार्टमेन्टल स्टोर, खुद्रा पसलमा केही समयअघि सजिलै पाइने सर्जिकल माक्सको कृत्रिम अभाव सिर्जना गरेर मुल्य दोब्बर बनाइएको भेटिएको विभागले जनाएको छ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजारमा माक्सको अभाव देखिएको गुनासो आउन थालेपछि बजार अनुगमन त्यस क्षेत्रमा केन्द्रित गरेको बताए। महानिर्देशक सुवेदीले सर्जिकल माक्स अभावको विषयलाई नै केन्द्रमा राखेर बजार अनुगमन गरिने बताए।

‘अहिले धेरै व्यवसायीले ५ रुपैयाँ पर्ने सर्जिकल माक्सलाई ३०/३५ रुपैयाँसम्म बेच्ने गरेको र केहि व्यवसायीहरुले मुल्य वृद्धि गराउनकै लागि लुकाएर राखेको भन्ने सूचना आएको छ, हामीले गहन अनुगमन गरे केहीलाई कारबाही पनि गरेका छौं,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology