काठमाडौं, १२ असोज । धनुषामा फलामको रड प्रहारबाट ४ वर्षीय बालकको हत्या भएको छ ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका—५ महेन्द्रनगरमा बुधबार दिउँसो ३ बजे २८ वर्षका रवि पासवानले रडले हिर्काउँदा उनकै भतिजा ४ वर्षीय अनुप पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ।
रड प्रहारबाट बालक गम्भीर घाइते भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा अनुपको मृत्यु भएको हो ।
प्रहरीले रविलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका हिरासतमा राखेको छ ।