गोरखा २२, फागुन- गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधीसभाका सांसद हरिराज अधिकारीले जिल्लाको आरुघाट गाँउपालिका–१ र्धोचेतमा भएको जीप दुर्घटनाको प्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । सांसद अधिकारीले आज शोक बक्तव्य जारी गर्दै दुर्घटना ज्यान गुमाएका धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमाल प्रति श्रदान्जली व्यक्त परिवारजनमा समबेदना प्रकट गर्नभएको छ ।

त्यस्तै दुर्घटनामा परि घाइते हुनुभएकी धार्चे गाउँपालिकाकी उपाध्यक्ष फुलमाया गुरुङ, पशुसेवा शाखा माछाखोलामा कार्यरत निशा गुरुङ, गाउँपालिकाका राष्ट्रिय तथा पञ्जीकरण बिभागका फिल्ड साहायक शर्मिला गुरुङ, लाप्राक स्वास्थ्य चौकीका इन्चार्ज धनबहादुर गुरुङ, फोटोग्राफर केयरसिंह गुरुङ, जीपका चालक बालचन गुरुङ र फेस नेपालका कर्मचारी सुरज गुरुङको शिग्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।