Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


1.1K
Shares

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ११ असोज । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो।

सोमबार छापावाल सुन प्रतितोला ९१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा खरिद–बिक्री भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला दश रुपैयाँ घटेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology