गोरखा २२, फागुन । गोरखाको आरुघाट गाउँपालिका––१ र्धोचेतमा जीप दुर्घटना परि घाइते भएका ७ जनाको हेलिकप्टरबाट उद्धार गरि उपचारका लागि काठमाण्डौं पु¥याइएको छ । दुर्घटनामा परि घाइते भएकी गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ सवैको अहिले काठमाण्डौको थापाथली स्थित नर्भिक अस्पतालमा उपचार भईरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।
घाइतेहरुको नेपाली सेनाको हेलिकप्टरबाट करिव १५ घण्टापछि उपचारका लागि काठमाण्डौ पठाइएको हो । धार्चे गाउँपालिकाले बिहीबार काशिगाउँमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन गएको गाउँपालिकाकी उप प्रमुख फुलमायाँ गुरुङ सहित ८ जना सवार बा १ च ५५०५ नम्बरको जिप आरुघाट गाउँपालिका १ को धोरर्चेतमा दुर्घटनामा परेको थियो ।
दुघटनामा परी वडा नम्बर ६ काशिगाउँका वडा सचिव किरण रिमालको घटना स्थलमा नै ज्यान गएको थियो । ज्यान गुमाउने रिमाल लमजुङ निवासी हुन । घटनामा परी अन्य ७ जना गम्भीर घाईते भएका छन । उनीहरु सबैलाई नेपाली सेनाको हेली मार्फत राजधानको नर्भिक अस्पताल गगिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो