Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मनास्लु हिमपहिरा अपडेट : एक जनाको मृत्यु, १० जनाको सकुशल उद्धार


1.2K
Shares

मनास्लु हिमपहिरा अपडेट : एक जनाको मृत्यु, १० जनाको सकुशल उद्धार

गोरखा, ११ असोज (रासस) । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएका मध्ये एक जनाको मृत्यु भएको छ । हिम पहिरामा परेर संखुवासभा स्थायी घर भएका अनुप राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिनुभयो ।

मृतक राईको शव आधार शिविरबाट उद्धार गरेर काठमाण्डौको टिचिङ अस्पताल लैजाने तयारी भईरहेको उहाँले बताउनुभयो । हिम पहिरामा परेका अन्य १० जनाको भने सकुशल उद्वार गरिएको एसपी खनालले जानकारी दिनुभयो । सोमबार अबेरसम्म ४ जनाको उद्धार गरिएको र थप ६ जनाको आज बिहान उद्धार गरिएको उहाँले बताउनुभयो ।

आज बिहानैदेखि हेलिकप्टर मार्फत पुगेको उद्वार टोलीले हिम पहिरामा परेका निमा दोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्वार गरेर सामागाउँ ल्याइएको एसपी खनालले जानकारी दिनुभयो । ‘सामागाउँसम्म ल्याइएका सवै घाइतेहरुलाई उपचारका लागी बिहानै काठमाण्डौ पठाइएको छ, उहाँले भन्नुभयो, उनिहरुको राजधानी स्थित करुणा अस्पतालमा भर्ना गरी उपचार सुरु भएको छ ।’

पहिरामा परी उद्धार गरिएको २ जनाको अबस्था भने सामान्य भएकाले उनीहरु आधार शिविरमा नै बसेर काम गरिरहेको उहाँले बताउनुभयो । हिमपहिरामा परेकाहरुको उद्वारका लागी आज बिहान सिम्रिक एयरको २ वटा, कैलास र एभरेष्ट एयरको १–१ वटा गरी ४ वटा हेलिकप्टर परिचालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology